ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन
ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।
काठमाडौं, साउन ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन्।
इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन्।
ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।
एमाले झापाले पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ जागरण र अभियान सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
प्रकाशित मिति: १५:५३ बजे, शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार