Kathmandu Press

अजय देवगनकाे फिल्म छायांकन नहुँदै सुटिङ सेट भत्काइँदै

काठमाडौं, जेठ १८ : बलिउड अभिनेता अजय देवगनको फिल्म ‘मैदान’ छायांकनमै रोकिएको छ। यस फिल्म छायांकनको लागि मुम्बईमा बनाएको सेट पनि तयार भइसके....

अजय देवगनकाे फिल्म छायांकन नहुँदै सुटिङ सेट भत्काइँदै

काठमाडौं, जेठ १८ : बलिउड अभिनेता अजय देवगनको फिल्म ‘मैदान’ छायांकनमै रोकिएको छ। यस फिल्म छायांकनको लागि मुम्बईमा बनाएको सेट पनि तयार भइसकेको थियो।

फिल्म छायांकनका लागि एक हजार बर्गफिट जमिनमा सेट तयार गरिएको थियो। तर, कोरोना भाइरसको महामाकारीका कराण सुरुआती चरणबाट नै छायाँकन रोकिएको थियो।

Hardik ivf

लामो समयसम्म पनि सेटमा काम नहुने भएपछि भत्काउन लागिएको छ। यो वर्ष सुरु भएको मनसुन वर्षाले सेटलाई बिगार्ने भएकाले भत्काउन लागिएको फिल्म निर्माता बोनी कपुरले बताएका छन्।

केहि समयमा कोरोना संक्रमण सामान्य भयो भने आउँदो नोभेम्बरमा छायाँकन सुरु गरिनेछ। भारतका चर्चित फुटबल कोच रहेका अब्दुल सायदको जीवनीमाथि बन्न लागेको फिल्ममा अब्दुलको रुपमा अजय देवगनलाई देख्न सकिनेछ।

अब्दुल सायदले सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिएका थिए। उनको सन् १९६३ मै निधन भएको थियो।

उनको जीवनी समेटिएको फिल्मलाई अमित शर्माले निर्देशन गरिहेका छन् ।  

 

प्रकाशित मिति: १२:११ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्