Kathmandu Press

पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल

‘पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड हो। अथाह प्राकृतिक सैन्र्दय, बहुमूल्य सांस्कृतिक सम्पदा र विश्वमै अदितीय मानिने हाम्रो आतिथ्य सत्कारले विश्वसामु चिनाउँछ। पर्यटन व्यवसायीहरूले विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन्,’ उनले भने।
पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल

काठमाडौं, साउन २९ : सभामुख डोल प्रसाद अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको बताएका छन्।

शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारण सभामा बोल्दै उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य सत्कारलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए।

‘पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड हो। अथाह प्राकृतिक सैन्र्दय, बहुमूल्य सांस्कृतिक सम्पदा र विश्वमै अदितीय मानिने हाम्रो आतिथ्य सत्कारले विश्वसामु चिनाउँछ। पर्यटन व्यवसायीहरूले विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन्,’ उनले भने।

पर्यटन व्यवसायीले मुलुकका लागि राजदूतको भूमिका निर्वाह गरिरहेको बताउँदै उनले नाटाले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए।

उनले पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्नुका साथै लाखौँ युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको बताए।

राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन व्यवसायी तथा नाटामा आबद्ध संस्थाहरूले पु¥याएको योगदान राष्ट्रिय विकासको महत्वपूर्ण हिस्सा रहेको उनले बताए। 

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, साउन २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्