Kathmandu Press

हरिदेवीको मौलिक तीज गीत ‘चोलिया धुने पानी मैले पाईन्’ सार्वजनिक 

नेपाली लोक संस्कृति र तीजको मर्मलाई जगेर्ना गर्दै आएकी कोइरालाको यस नयाँ सिर्जनाले पुनः एकपटक वास्तविक मौलिकता झल्काएको छ। गीतमा शब्द तथा लय स्वयं वरिष्ठ गायिका हरिदेवी कोइरालाको रहेको छ।
हरिदेवीको मौलिक तीज गीत ‘चोलिया धुने पानी मैले पाईन्’ सार्वजनिक 

काठमाडौं, साउन २९ : नेपाली लोक तथा तीज गीतकी वरिष्ठ गायिका एवं सर्जक हरिदेवी कोइरालाको नयाँ मौलिक तीज गीत ‘चोलिया धुने पानी मैले पाईन्’ सार्वजनिक भएको छ। 

नेपाली लोक संस्कृति र तीजको मर्मलाई जगेर्ना गर्दै आएकी कोइरालाको यस नयाँ सिर्जनाले पुनः एकपटक वास्तविक मौलिकता झल्काएको छ। गीतमा शब्द तथा लय स्वयं वरिष्ठ गायिका हरिदेवी कोइरालाको रहेको छ। गीतमा कोइरालाका साथै चर्चित गायिकाहरू शान्ति गुरुङ, लक्ष्मी गिरी र बालुमाया पुनको सुमधुर स्वर सुन्न सकिन्छ। मौलिक लय र भाका समावेश गरिएको यस गीतले पुरानो तीजको झझल्को र मौलिक परम्परालाई जीवन्त बनाएको छ।

त्यस्तै, गीतको भिडियोतर्फ बिनिता पौडेल र अनमोल भण्डारीको जीवन्त तथा सशक्त अभिनय रहेको छ। भिडियोमा नेपाली परम्परागत तीजको परिवेश र मौलिकतालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

पछिल्लो समय तीज गीतमा विकृति र आधुनिकताको प्रभाव बढ्दै गएको सन्दर्भमा हरिदेवी कोइरालाका यस्ता सिर्जनाहरूले नेपाली लोक संस्कृति र परम्पराको संरक्षणमा ठूलो योगदान पुर्‍याउँदै आएका छन्। 

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, साउन २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्