जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत दुई वर्षीया बालिकाको मृत्यु
बाजुरा, जेठ १८ : जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यु भएको छ। उपचारको क्रममा बालिकाको शनिबार राति मृत्यु भएको जिल्ला अ....

बाजुरा, जेठ १८ : जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यु भएको छ। उपचारको क्रममा बालिकाको शनिबार राति मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।
भारतबाट कैलालीका गौरिफन्टा नाका हुँदै ८ दिन पहिले आएर क्वारेन्टाइनमा राखिएको बालिकालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। १५ गते अस्पताल भर्ना गरिएको बालिकामा ज्वारो आउने, बान्ता हुने समस्या रहेको थियो।
कडा निमोनिया देखिएको बालिकालाई स्वास फेर्न कठिन भएको थियो भने मुटुको चाल पनि बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
बालिकाकाे मृत्युपछि शनिबार बिहान बालिकासहित उनका बुवा र आमाको स्वाव संकलन गरी परीक्षणको लागि पठाइएको छ।











