साढे पाँच महिनापछि नेपाल फर्किए देउवा
देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए। उनी ५ महिनापछि नेपाल फर्किएका हुन्।
काठमाडौं, साउन २८ :नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।
देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए। उनी साढे ५ महिनापछि नेपाल फर्किएका हुन्। देउवा एक्लै स्वदेश फर्किएका छन्।
देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायत नेताहरू विमानस्थलमै पुगेका छन्।
प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











