प्यूठानमा ४ जनाको शव भेटियो
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षीय बालकको, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।
प्युठान, साउन २८ः प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार चार जनाको शव भेटिएको छ।
भेटिएका परेका शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षीय बालकको, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।
यस्तै, स्वर्गद्वारी–४ गोठीबाङमा पनि एक महिलाको शव फेला परेको छ । स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![देउवाको स्वागतका लागि विमानस्थलमा कांग्रेस नेताहरू [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786604220.jpg)
![देउवाको अवतरणको समय भएसँगै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ [तस्बिररहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_b80cc2ef-1786603471.jpg)