भारतमा एकैदिन आठ हजारलाई कोरोना, संक्रमितको संख्या एक लाख ८२ हजार
काठमाडौं, जेठ १८ : भारतमा एकैदिन आठ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या एक लाख ८२ हजार एक सय ४३ पुगेको छ।
....
काठमाडौं, जेठ १८ : भारतमा एकैदिन आठ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या एक लाख ८२ हजार एक सय ४३ पुगेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा आठ हजार तीन सय ८० संक्रमित थपिएका हुन्। आज बिहान मात्रै तीन सय १६ जनामा संक्रमण देखिएको छ।
आइतबारसम्म भारतमा कोरोनाबाट पाँच हजार एक सय ८५ जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्। उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ।
अहिलेसम्म ८६ हजार नौ सय ८४ जना निको भएका छन्। अझै ८९ हजार नौ सय ७४ जनाको उपचार चलिरहेको छ।
भारतमा अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ६५ हजार एक सय ६८ जनामा कोरोना देखिएको छ। त्यसमध्ये दुई हजार एक सय ९७ जनाको मृत्यु भएको छ।
त्यस्तै, तमिलनाडुमा २१ हजार एक सय ८४, दिल्लीमा १८ हजार पाँच सय ५९, गुजरातमा १६ हजार तीन सय ४३ र आठ हजार ६ सय १७ जनामा कोरोना देखिएको छ।
भारतका नेपालसँग जोडिएका प्रदेशमा पनि संक्रमण बढ्दै गएको छ। उत्तर प्रदेशमा सात हजार चार सय ४५, पश्चिम बंगालमा पाँच हजार एक सय ३०, उत्तराखण्डमा सात सय ४९, बिहारमा तीन हजार ६ सय ३६ जनामा कोरोना देखिएको छ।











