Kathmandu Press

डडेल्धुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

डडेल्धुरा, जेठ १८ : डडेल्धुरा सदरमुकाममै रहेको क्वारेन्टाइनमा राखिएका एक बालकको शनिबार राति मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, ....

डडेल्धुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु
फाइल फाेटाे

डडेल्धुरा, जेठ १८ : डडेल्धुरा सदरमुकाममै रहेको क्वारेन्टाइनमा राखिएका एक बालकको शनिबार राति मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको क्वारेन्टाइनमै मृत्यु भएको हो। जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको शनिबार राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

उनी आमाबुबासँगै कञ्चनपुरको गौरीफण्टा नाका भएर आएका थिए। शनिबार डडेल्धुरा पुगेका उनीहरुलाई सदरमुकाम नजिकैको क्वारेन्टाइनमा राखिएको थियो।
उनीहरुलाई आज गाउँ लग्ने योजना थियो। शनिबार राति नै बालकको मृत्यु भएको हो।

उनी राति अचानक बिरामी भएका थिए। प्रहरीले अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ। उनलाई आज बिहान ३ बजे अस्पताल पुर्याउँदा मृत्यु भइसकेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र बिष्टले बताए।

उनको मृत्यु भएपछि कोरोना परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिउको छ। आजै नमुना परीक्षणका लागि कैलाली पठाउन लागिएको अस्पतालले जनाएको छ।

उनमा यस अघि मलेरिया देखिएको आफन्तजनले बताएका छन्। उनको भारतमा उपचार भएको थियो। उपचार पछि निको भएको जनाएको छ।

प्रकाशित मिति: १०:१० बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्