Kathmandu Press

रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो। 
रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

रौतहट, साउन २७ : रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो। 

उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए ।नदीमा डुबेका अर्की एक बालिका रौशन खातुनको अवस्था भने अझै अज्ञात छ। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

बालबालिकाहरू नदीमा डुबेर हराएको सूचना पाउनासाथ स्थानीय सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो। 

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ७ जना जनपद प्रहरी र सशस्त्र प्रहरी बलका १४ जनासहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, साउन २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्