राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
काठमाडौं, साउन २७ : राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।
यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










