Kathmandu Press

कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेट

कांग्रेसमा संस्थापन र इतरपक्षबीच बेमेल बढिरहेको अवस्थामा एकताको पहलका लागि दुईजनाबीच संवाद भएको हो। 
कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेट

काठमाडौं, साउन २६ : कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। कांग्रेसको केन्द्रीय समिति बैठकअघि दुईजनाबीच भेटवार्ता भएको बताइएको छ।

कांग्रेसमा संस्थापन र इतरपक्षबीच बेमेल बढिरहेको अवस्थामा एकताको पहलका लागि दुईजनाबीच संवाद भएको हो। 

भेटमा नेता कोइरालाले बेमेलको अवस्था अन्त्य गर्न सभापति थापालाई आग्रह गरेको बताइएको छ। जवाफमा थापाले आफूहरू पनि एकताबद्ध पार्टीको पक्षमा नै जावाफ दिएको बताइएको छ। 

सानेपामा जारी केन्द्रीय समिति बैठकले पार्टीको १५ औँ महाधिवेशनको तयारी, निर्देशिका, सदस्यता अद्यावधिक लगायतका एजेण्डामा छलफल गरिरहेको छ। 

यता, संस्थापनइतर पक्षले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै महाधिवेशन प्रक्रिया अघि नबढाउन संस्थापनलाई पत्राचार गरेको छ। कांग्रेस संस्थापनइतर पक्षले भदौ २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गर्ने बताएको छ । 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, साउन २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्