Kathmandu Press

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

आन्दोलनको क्रममा गोली लागेर सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र सिरहामा गणेश यादवको मृत्यु भएको थियो।
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, साउन २६ : सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

आन्दोलनको क्रममा गोली लागेर सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र सिरहामा गणेश यादवको मृत्यु भएको थियो। उनीहरु चारै जनालाई पूर्वसहमति अनुसार शहीद घोषणा गरिएको हो ।

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, साउन २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्