Kathmandu Press

दैलेखको क्वारेन्टिनमै शिशुको जन्म

दैलेख, जेठ १८ : दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक किशाेरीले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन्।

ठाटीकाँध गाउँ....

दैलेखको क्वारेन्टिनमै शिशुको जन्म
सांकेतिक

दैलेख, जेठ १८ : दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक किशाेरीले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन्।

ठाटीकाँध गाउँपालिका-२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी स्थानीय १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन्। क्वारेन्टिनमा बसिरहेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको थियो।

राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। मीना र उनका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध फर्किएका थिए।

नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाको छ। स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतका अनुसार, उनीहरुको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको छ।

शिशु जन्मिएपछि उनीहरुलाई घर पठाइएको छ। उनीहरुलाई घरमै सेल्फ क्वारेिन्टनमा बस्न भनिएको गाउँपालिकाले जनाएको छ। (रासस)

 

प्रकाशित मिति: ०९:३६ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्