Kathmandu Press

आज संसदमा संविधान संशोधन विधेयक पेश हुने

काठमाडौं, जेठ १८ : प्रतिनिधि सभाको आजको बैठकमा संविधान संशोधनको विधेयक पेश गरिने भएको छ ।  बिहान ११ बजेका लागि तय गरिएको वैठकमा संविधान संशोधन वि....

आज संसदमा संविधान संशोधन विधेयक पेश हुने

काठमाडौं, जेठ १८ : प्रतिनिधि सभाको आजको बैठकमा संविधान संशोधनको विधेयक पेश गरिने भएको छ ।  बिहान ११ बजेका लागि तय गरिएको वैठकमा संविधान संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन्। यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने भन्दै समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको सरकारले जनाएको थियो ।

यसैबीच प्रमुख प्रचिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति वैठकबाट संविधान शंशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । भारतले लिपुलेक क्षेत्रमा सीमा मिचेको र वार्ताका लागि पटक पटक प्रयास गर्दा पनि भारतले आलटाल गर्दै आएपछि नेपालले एकतर्फीरुपमा आफ्नो भूमि समेटेर संशोधित नक्सा जारी गरिसकेको छ ।

सो नक्साअनुसार, नेपालको प्रतीक चिन्ह निशाना छापमा पनि उल्लेख गर्नुपर्ने र सो कार्यका लागि संविधानमै संशोधन गर्नुपर्ने भएकाले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो ।

प्रकाशित मिति: ०७:२२ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्