Kathmandu Press

हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांसद यादव

‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्को तिर मोडिएको छ। दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो,’ उनले भने, ‘तर आज संसद्मा बहस कालो चस्मामाथि सीमित भइरहेको छ।’ 
हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांसद यादव

काठमाडौं, साउन २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि दोस्रो दर्जाका नागरिकसरह गरिने व्यवहारबारे बहस हुनुपर्ने बताए।

‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्को तिर मोडिएको छ। दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो,’ उनले भने, ‘तर आज संसद्मा बहस कालो चस्मामाथि सीमित भइरहेको छ।’ 

उनले हटाउनुपर्ने ‘कालो चस्मा’ नभई मनमा बसेको विभेदकारी सोच भएको बताए। 

‘बिपी कोइरालो पनि कालो चस्मा लगाउनु हुन्थियो तर उहाँको सोच कालो थिएन । दृष्टिकोण साँगुरो थिएन । हटाउनु पर्ने त्यो कालो चस्मा होइन । मनमा बसेको त्यो कालो सोच हो, उनले भने, ‘मधेसीमाथि हेर्ने कालो सोच छ। दलितमाथि हेर्ने कालो सोच छ। त्यो हटायो भने मात्र हाम्रो देश समृद्धिको दिशा तिर अगाडी बढ्न सक्छ।’ 

उनले मधेसी, दलितलगायत समुदायप्रति रहेको विभेदपूर्ण मानसिकता अन्त्य नगरेसम्म देश समृद्धिको दिशामा अघि बढ्न नसक्ने बताए।

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, साउन २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्