Kathmandu Press

शनिवार देखि भक्तपुर कोरोनामुक्त 

काठमाडौं, जेठ १८ : भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएक....

शनिवार देखि भक्तपुर कोरोनामुक्त 

काठमाडौं, जेठ १८ : भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ ।

काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ महानगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने ती पुरुष आज घर फर्किएसँगै भक्तपुर कोरोनाभाइरसमुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

भक्तपुरमा अहिलेसम्म सङ्क्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर– ९ की महिला जनप्रतिनिधि गरी चारै जनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो ।

सङ्क्रमितका परिवार, उनीहरुसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो । कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर नस्किन आम भक्तपुरवासीलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्