Kathmandu Press

‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ’

‘स्पिडमा हिँड्ने तपाईंको छनोट हो तर लेन मिच्न पाउनुहुन्न  लेनभन्दा बाहिर भन्नुको अर्थ विधि भन्दा बाहिर जान पाउँदैन । एकपल्ट भयो भने संयोग होला, गल्ती होला भन्न सकिन्छ तर दोहोरिइरहन्छ भने माफी दिने छुट अब हुँदैन।’
‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ’
फाइल तस्बिर।

काठमाडौं, साउन २४ : नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय अराजकता बढेको बताएका छन्।

उनले केन्द्रीय समितिको बैठकका एजेन्डा अघि सार्दै उनले यस्तो अराजकताबारे बोल्नु पर्ने बताए।

‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ। मेरो गाडीमा ब्रेक छैन, एक्स्प्रेस वेमा हिँडेको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ थापाले भने, ‘स्पिडमा हिँड्ने तपाईंको छनोट हो तर लेन मिच्न पाउनुहुन्न  लेनभन्दा बाहिर भन्नुको अर्थ विधि भन्दा बाहिर जान पाउँदैन । एकपल्ट भयो भने संयोग होला, गल्ती होला भन्न सकिन्छ तर दोहोरिइरहन्छ भने माफी दिने छुट अब हुँदैन।’

उनले कार्यपालिकाले पनि आफ्नो सीमा मिच्न नपाउने बता ।

‘कार्यपालिकाले आफ्नो सीमा मान्दैन । न्यायपालिकाको सीमा पनि मेरै ठान्छ, संवैधानिक निकाय पनि आदेश पालक हो भन्छ । संसद् पनि मेरो आदेश पालक हो भन्ने ठान्छ । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ । यो अराजकताको छुट हुँदैन । अख्तियार प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा थुन्न पाइन्छ?,’ उनले भने।
 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, साउन २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्