कोरोना भाइरसबाट अमेरिकामा १८ लाख संक्रमित, १ लाख ५ हजारले गुमाए ज्यान
काठमाडौं, जेठ १८ : कोभिड १९ महामारीले अमेरिकामा १ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९९८ जनाको मृत्....

काठमाडौं, जेठ १८ : कोभिड १९ महामारीले अमेरिकामा १ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९९८ जनाको मृत्यु भएको छ ।
यो सँगै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५४० पुगेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २८७ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै कुल संक्रमितको संख्या १८ लाख १५ हजार ८१७ पुगेको छ । जसमध्ये ५ लाख ३० हजार ६१६ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ११ लाख ७९ हजार ६६१ जनामध्ये १७ हजार १५९ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति: ०६:५३ बजे, आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











