अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।
काठमाडौं, साउन२४ : अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।
विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषना गरेको थियो ।
प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)









