Kathmandu Press

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ, देशको बाँकी भूभागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन२४ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ, देशको बाँकी भूभागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ ।

बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। 

कोशी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग साथै बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, मधेश प्रदेश साथै सूदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, साउन २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्