Kathmandu Press

राष्ट्रिय भू-संरक्षण मनाइँदै

राष्ट्रिय भू-संरक्षण मनाइँदै

काठमाडौं, साउन२४ : आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । 

बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । 

राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि मनाउने गरिएको पाइन्छ । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।

प्रकाशित मिति: ०८:१२ बजे, आइतबार, साउन २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्