औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी
‘नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ । त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्,’ उनले भने।
औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबीप्रधानमन्त्री बालेन्द्र शाहले लामो सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चालन हुँदै आएका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरे।
‘नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ । त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्,’ उनले भने।
उनका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
‘वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ,’ सामाजिक सञ्जालमा उल्लेख छ।
उनले सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअनुसार नेपाल औषधि लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको बताए
‘सरकारले जारी गरेसदन गर्ने तयारी अन्तिम चरणमा छ को शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ,’ उनले भने।
प्रधानमन्त्री शाहले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताए। तान ‘लुम’ मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको उनले बताए । परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए।
नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको प्रधानमन्त्रीको बताए । उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।
उनले उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता अर्थात् अकुपेन्सी ८६ प्रतिशत पुगेको बताए। उनका अनुुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी रहेको छ । जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको प्रधानमन्त्रीले बताए।
त्यस्तै, दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको उनले बताए । उनले किसानको भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको उल्लेख गरे । यसअघि करिब ७२ करोड रुपैयाँ रहेको भुक्तानी चक्रलाई अहिले करिब ३५ करोड रुपैयाँमा सीमित गरिएको उनले बताए











