Kathmandu Press

संविधान संशोधनका विषयमा डाकिएको कांग्रेस बैठकमा शेखर कोइराला अनुपस्थित

काठमाडौं, जेठ १६ : संविधान संशोधनको महत्वपूर्ण विषयमा छलफल गर्न बसेको कांग्रेस केन्द्रिय कार्यसमिति बैठकमा कांग्रेस नेता शेखर कोइराला अनुपस्थित भएका छ....

संविधान संशोधनका विषयमा डाकिएको कांग्रेस बैठकमा शेखर कोइराला अनुपस्थित

काठमाडौं, जेठ १६ : संविधान संशोधनको महत्वपूर्ण विषयमा छलफल गर्न बसेको कांग्रेस केन्द्रिय कार्यसमिति बैठकमा कांग्रेस नेता शेखर कोइराला अनुपस्थित भएका छन्।

सरकारले जारी गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा संविधान संशोधन मार्फत अघि बढाउने विषयमा छलफल गर्न कांग्रेसले शनिबार केन्द्रिय समिति बैठक डाकेको थियो । तर पार्टीभित्र सामान्य घटनामा समेत विज्ञप्ति जारि गर्ने र आफ्नो धारणा राख्ने कोइराला उक्त महत्वपूर्ण बैठकमा भने अनुपस्थित भएका छन् । 

‘शेखरदा लकडाउनका कारण विराटनगरमा भएकाले बैठकमा सहभागि नहुनु भएको हो’ उनका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले काठमाडौं प्रेससँग भने ।

शेखर हरेक राजनीति वा अन्य घटनामा आफै विज्ञप्ति जारी गरेर आफ्नो धारणा राख्दै आएका थिए । तर सरकारले जारी गरेको नयाँ नक्साका विषयमा उनले कुनै प्रतिक्रिया दिएका छैनन् । संविधान संशोधनका विषयमा छलफल गर्न डाकिएको महत्वपूर्ण केन्द्रिय समिति बैठकमै अनुपस्थित हुनुलाई कांग्रेसबृत्तमा आश्चर्यको रुपमा हेरिएको छ। ‘संविधान संशोधन गर्ने महत्वपूर्ण बैठकमा शेखर कोइराला अनुपस्थित हुदा धेरैले आश्चर्यता प्रकट गरेका छन्’ बैठकमा सहभागि एक केन्द्रिय सदस्यले भने, ‘उहाँ विराटनगर भएपनि बैठकमा आउन चाहे पास उपलव्ध भैहाल्थ्यो, अरु सदस्य साथिहरु पनि जिल्लाबाट बैठकका लागि पास मिलाएर आउनु भएको छ ।’

यसअघि भारतले नेपालको भूमि समेटेर नक्सा जारी गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सल्लाहमा भएको हुन सक्ने भन्ने आशंका सहित प्रतिक्रिया दिदा शेखरले त्यसको विरोध गरेका थिए।

पछिल्ला दिनमा संविधान संशोधनका विषयमा भारतीय मिडियाहरुले कांग्रेस विपक्षमा रहेको जनाउदै समाचार लेख्दै आएका थिए । यस विषयमा पार्टी सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस संविधान संशोधनका पक्षमा रहेको धारणा औपचारिक रुपमै राख्दै आएका छन् । 

प्रकाशित मिति: २२:२१ बजे, शनिबार, जेठ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्