Kathmandu Press

शेखरले अस्वीकार गरे कोइराला निवास मर्मतका लागि २ करोड सरकारी बजेट

डा.कोइरालाले सरकारले छुट्याएको २ करोड बजेठ लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन्। 
शेखरले अस्वीकार गरे कोइराला निवास मर्मतका लागि २ करोड सरकारी बजेट

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम अस्वकिार गरेका छन्।

डा.कोइरालाले सरकारले छुट्याएको २ करोड बजेठ लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन्। 

डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाएका छन्। 

मन्त्रालयले विराटनगरस्थित कोइराला निवास मर्मत संहारका लागि आर्थिक बर्ष २०८३।८४ को बजेट मार्फत दुई करोड रकम बिनियोजन गरेको थियो।

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, साउन २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्