Kathmandu Press

अब संसदमा कालो चस्मा लगाउन नपाइने

बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाइने बताएका थिए।
अब संसदमा कालो चस्मा लगाउन नपाइने

काठमाडौं, साउन २१ : प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाउन नपाइने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आ–आफ्नो दलका सांसदहरूसम्म पुर्‍याउन भनेका छन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाइने बताएका थिए।

प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्छन्।

अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको हो बैठकमा सहभागी कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बताइन्।

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, साउन २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्