ग्वार्कोमा बस दुर्घटना, एक जनाको मृत्यु ६ जना घाइते
कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस अनियन्त्रित भइ फ्लाईओभरमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।
काठमाडौं, साउन २१ : ललितपुरको ग्वार्गोमा यात्रु बोकेको बस दुर्घटना भएको छ।
कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस अनियन्त्रित भइ फ्लाईओभरमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो दुर्घटनामा ६ जना घाइते भएका छन्। दुर्घटनामा ६ जना घाइतेहरुको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: ११:३३ बजे, बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार