Kathmandu Press

दाङमा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडाैं,  जेठ १७ : दाङमा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, ....

दाङमा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडाैं,  जेठ १७ : दाङमा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, घोराहीमा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरु हापुरेका ३० वर्षीय पुरुष, बंगलाचुली गाउँपालिकाका चार जना २७–३८ वर्षका तीन जना पुरुष र २८ वर्षीया महिला रहेका छन्। 

योसँगै नेपालभर संक्रमितको संख्या १४०१ पुगेको छ। संक्रमितमध्ये २१९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १८:२१ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्