Kathmandu Press

संखुवासभामा पनि दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १७ : संखुवासभामा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षणमा स....

संखुवासभामा पनि दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १७ : संखुवासभामा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षणमा संखुवासभाका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

उनका अनुसार संक्रमितहरु २२ र २३ वर्षीय पुरुष रहेका छन्। योसँगै कोरोना संक्रमितको जिल्लाको संख्या ५३ पुगेको छ। 

नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या १४०१ पुगेको छ। तीमध्ये २१९ जना निको भएर डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १८:१० बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्