सर्लाहीमा थपिए १७ जनामा कोरोना संक्रमित
काठमाडौं, जेठ १७ : सर्लाहीमा एकैदिन थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण....

काठमाडौं, जेठ १७ : सर्लाहीमा एकैदिन थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण, काठमाडौंमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु १६ देखि ४० वर्ष रहेका छन्।
योसँगै नेपालभर संक्रमितको संख्या १४०१ पुगेको छ। संक्रमितमध्ये २१९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १८:०४ बजे, शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











