Kathmandu Press

सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट टर्‍यो : सांसद खरेल

‘सरकारले राम्रोसँग सोधबुझ र व्यवस्थापन गर्यो र सभामुख ज्यूले त्यही अनुसारको निर्देशन दिनुभयो । विपक्ष दलहरूले पनि देश र जनतालाई नै केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुभयो।’ 
सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट टर्‍यो : सांसद खरेल

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले सुनसरी र सिरहामा विकसित घटनाका क्रममा सरकार, संसद् र राजनीतिक दलहरूले देखाएको समन्वयका कारण देशले सम्भावित ठूलो संकटबाट मुक्ति पाएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले नेपालले विगतदेखि नै राष्ट्रिय संकटका बेला एकजुट भएर सामना गर्ने परम्परा कायम राख्दै आएको बताए। 

‘मुलुक जब सङ्कटमा आउँछ, त्यस्तोबेला नेपालको इतिहासदेखि सबै एक ठाउँमा आउँछौँ र त्यसको सामना गर्छौं। यस पटक सुनसरी–सिरहाको घटनामा सो देखियो,’ उनले भने, ‘सरकारले राम्रोसँग सोधबुझ र व्यवस्थापन गर्यो र सभामुख ज्यूले त्यही अनुसारको निर्देशन दिनुभयो । विपक्ष दलहरूले पनि देश र जनतालाई नै केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुभयो।’ 

उनले पछिल्लो घटनामा पनि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गरेको बताए।

खरेलले सरकारले घटनाको प्रभावकारी रूपमा जानकारी संकलन, समन्वय र व्यवस्थापन गरेको तथा सभामुखले पनि आवश्यक निर्देशन दिएको बताए। 

विपक्षी दलहरूले समेत राजनीतिक स्वार्थभन्दा देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका खेलेको उनले बताए। 

उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सफल भएको बताउँदै उनले भविष्यमा पनि यस्तै राष्ट्रिय एकता आवश्यक रहने बताए।

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, साउन १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्