कपिलवस्तुमा एकैदिन १०९ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ १७ : कपिलवस्तुमा एकैदिन थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक....

काठमाडौं, जेठ १७ : कपिलवस्तुमा एकैदिन थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण, रुपन्देहीस्थित प्रादेशिक प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ७७, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा २९ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु कपिलवस्तुको यशोधरा र विजयनगरका रहेका छन्। संक्रमितहरु १५ देखि ६० वर्ष उमेर समूहका रहेका छन्।
योसँगै नेपालभर संक्रमितको संख्या १४०१ पुगेको छ। संक्रमितमध्ये २१९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ।











