Kathmandu Press

कप्तानगञ्ज घटनाका थप एक घाइतेको मृत्यु

दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको थियो। 
कप्तानगञ्ज घटनाका थप एक घाइतेको मृत्यु
फाइल तस्बिर।

काठमाडौं, साउन १९ : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा घाइते भएका थप एक जनाको मृत्यु भएकाृ छ। 

दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको थियो। 

सो घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ। साउन १० गतेको घटनामा २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो।

बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार टिचिङ अस्पताल ल्याइएको थियो। टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो।

सोही घटनाका अर्का घाइते देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई हात र कोखमा गोली लागेको थियो। 


सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको  न्युरो अस्पताल विराटनगरमा  उपचार भइरहेको छ। 

यस्तै, देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

प्रकाशित मिति: १३:३० बजे, मंगलबार, साउन १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्