Kathmandu Press

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रसाईंलाई आइतबार राति विनाकारण प्रहरीले पक्राउ गरेको दाबी रिटमा गरिएको छ। रिटमाथि सुनुवाइका लागि मंगलबारलाई पेसी तय भएको छ। 
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, साउन १८: व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रसाईंकी श्रीमती उमाले सोमबार बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन्। 

प्रसाईंलाई आइतबार राति विनाकारण प्रहरीले पक्राउ गरेको दाबी रिटमा गरिएको छ। रिटमाथि सुनुवाइका लागि मंगलबारलाई पेसी तय भएको छ। 

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ। 

उनले सरकारविरूद्ध आन्दोलनको घोषणा गरेका थिए । प्रहरीले सार्वजनिक शान्ति विरूद्धको कसुर गरेको आरोप लगाएको छ। 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, साउन १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्