Kathmandu Press

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन 

काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। 

प....

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन 
फाइल

काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। 

पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समिति बैठकले लिम्यिाधुरा, लिपुलेक, कालापानी समेटेर सरकारले जारी गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधार २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दल निर्देशन गर्दछ,’ शर्माले भने। 

केन्द्रीय समितिको बैठक भने अहिले पनि जारी छ।

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्