Kathmandu Press

कर्फ्यू हटेपछि सामान्य बन्दै गाेलबजार

सोमबार चोहर्वा हाटबजार सञ्चालनमा आएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधनको आवागमन नियमित भएको छ। 
कर्फ्यू हटेपछि सामान्य बन्दै गाेलबजार

सिरहा, साउन १८ : जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कर्फ्यू हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ।

सोमबार चोहर्वा हाटबजार सञ्चालनमा आएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधनको आवागमन नियमित भएको छ। 

बजारका अधिकांश पसल खुलेका छन् र सर्वसाधारणको चहलपहल पनि बढेको देखिएको छ। सोमबारका अवसरमा शिवालयहरूमा सोमबारे पूजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ।

केही दिनअघि सिरहासहित तराईका विभिन्न क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव, झडप तथा त्यसपछि विकसित असुरक्षा अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले गोलबजारसहित प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। सुरक्षा अवस्था सुधार हुँदै गएपछि प्रशासनले कफ्र्यु हटाएको हो।

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, साउन १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्