खुल्यो मुग्लिन–नारायणगढ सडक
मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। पहिरोले सडक करिब डेढ घण्टा अवरुद्ध भएको थियो।
चितवन, साउन १८ : पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। पहिरोले सडक करिब डेढ घण्टा अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि दिउँसो दिउँसो साढे ३ बजेबाट सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सोमबार बिहानदेखि नै सडक खण्डको विभिन्न स्थानमा पहिरो खसिरहेको छ। त्यसले सडक आंशिक रुपमा अवरुद्ध भएको थियो।
प्रकाशित मिति: १६:२९ बजे, सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार