Kathmandu Press

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई  पक्राउ

सीआईका अनुसार, २०६८ सालमा उनी शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमति दिएर आर्थिक लाभ लिएको खुलेको थियो।
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई  पक्राउ

काठमाडौं, साउन १८ : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार भट्टराईलाई पक्राउ गरेको हो। उनीलाई राहदानी ऐनको कसुरमा पक्राउ गरिएको हो।

सीआईका अनुसार, २०६८ सालमा उनी शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमति दिएर आर्थिक लाभ लिएको खुलेको थियो।

पक्राउ परेका भट्टराईलाई सोमबार नै अदालत उपस्थित गराउने तयारी भएको एसएसपी राणाको भनाइ छ। 

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, साउन १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्