राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
काठमाडौं, साउन१८ : राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने छन् ।
प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-ink-1740145571.jpeg)