Kathmandu Press

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं, साउन१७ : नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: १२:२९ बजे, आइतबार, साउन १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्