विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो।
काठमाडौं, साउन १६ : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा को निधन भएको छ।
पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए। पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो।
बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो।
पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए ।
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
प्रकाशित मिति: १७:१३ बजे, शनिबार, साउन १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











