कांग्रेसको प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण सुरू
‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रममा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने यसअघि नै कांग्रेसले बताएको थियो ।
काठमाडौं, साउन १६ : नेपाली कांग्रेसले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण सुरू गरेको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोनजामा सानेपामा शनिबारदेखि तीन दिने प्रशिक्षण सुरू भएको हो।
प्रतिष्ठानको १०–११ साउनमा बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो।
‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रममा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने यसअघि नै कांग्रेसले बताएको थियो ।
प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप सिकाइनुका साथै अभ्याससमेत गराइने छ । प्राकृतिक विपद्को क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गरिने बताइएको छ ।
प्रशिक्षणमार्फत विपद्मा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास कांग्रेसले लिएको गर्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ को अवधारणाबमोजिम अघि बढ्ने योजना बनाएको छ।











