तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेल, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल
राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
काठमाडौं, साउन १५ : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासंग छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रथम राष्ट्रपति डा. यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार