दैलेखमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
दुल्लु, जेठ १७ : दैलेखमा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ।
दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टाइनमा रहेका दुल्लु नग....

दुल्लु, जेठ १७ : दैलेखमा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ।
दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टाइनमा रहेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए।
उनका अनुसार बिहान चिया खाइसकेपछि हिँड्दाहिँड्दै लडेका ती पुरुषको मृत्यु भएको हो। भारतबाट फर्किएका ती पुरुष १० दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए।
ती पुरूषको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएको र शनिबार साँझसम्म रिपोर्ट आउने मेयर भण्डारीले बताए।
प्रकाशित मिति: १२:५२ बजे, शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











