Kathmandu Press

रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल

सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन्। 
रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल

काठमाडौं, साउन १६ : सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन्। 

सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन्।

त्यस्तै सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन्। 

उनीहरूले दुवै अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका हुन्।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, साउन १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्