आज साउन १५, देशभर खीर खाएर मनाइँदै

काठमाडौं, साउन १५ : आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।
असार १५ मा दही चिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।
वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
प्रकाशित मिति: ०९:११ बजे, शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











