नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल, भीम रावल पनि सहभागी
काठमाडौं, जेठ १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा एमसीसीका विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सरका....

काठमाडौं, जेठ १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा एमसीसीका विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसीसीका विषयमा छलफल भएको थियो। बजेटमा एमसीसी पनि समेटिएपछि नेकपाभित्र सरकारको आलोचना फेरि सुरु भएको छ।
सचिवालय बैठकमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको थियो।
यसअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बजेटमा एमसीसीलाई घुसाएकोमा आपत्ति जनाएका थिए। त्यसपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालयको बैठक बोलाएका हुन्।
बिहीबार संसदमा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७७–०७८ को बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ।











