Kathmandu Press

सिरहामा आगजनी र तोडफोडपछि दुई पक्षबीच झडप, २ जना घाइते

कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ। आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ।
सिरहामा आगजनी र तोडफोडपछि दुई पक्षबीच झडप, २ जना घाइते

सिरहा, साउन १४ : सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन्। 

सुनसरीमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा परेको हो। स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ। आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ।

प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएको छ।

घाइतेमध्ये एक जनालाई धरान पठाइएको छ । उनलाई सुरुमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लाने तयारी गरिएको थियो। यद्यपि होस खुलेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।

केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए। आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, साउन १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्