Kathmandu Press

विराटनगरमा लाग्याे बालेनविरुद्ध नाराबाजी

प्रदर्शनकारीले ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ भन्दै नाराबाजी गरे। प्रदर्शन अघि बढ्न नदिन प्रशासन परिसर आसपास ब्यारिकेट खडा गरिएको थियो। 
विराटनगरमा लाग्याे बालेनविरुद्ध नाराबाजी

मोरङ, साउन १४ : सुनसरीको देवानगञ्ज घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय मोरङअगाडि पुगेका प्रदर्शनकारीले ‘बालेन सरकार’विरुद्ध नाराबाजी गरेका छन्। 

विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ संगठनका प्रतिनिधिहरू विरोध जुलुसमा सहभागीले बालेनविरुद्ध नाराबाजी गरेका हुन्।

मेनरोडको हनुमान मन्दिरअगाडिबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयको गेट अघिसम्म जुलुसका क्रममा प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्ने विषयमा सरकारको पहल नदेखिएको आरोप लगाएका थिए।

प्रदर्शनकारीले ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ भन्दै नाराबाजी गरे। प्रदर्शन अघि बढ्न नदिन प्रशासन परिसर आसपास ब्यारिकेट खडा गरिएको थियो। 

आइतबार रातिमा सुनसरीको कप्तानगञ्जमा दुई फरक समुदायबीच भएको झडपमा एक युवाको मृत्यु भएपछि तराई–मधेसका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन्। 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, साउन १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्