सिरहामा अनिश्चितकालिन कर्फ्यु जारी
आन्दोलन वा हुल दंगा बढ्न सक्ने जोखिम देखिएकाले कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा उल्लेख छ।
सिरहा, साउन १४ : सिरहामा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो २ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्म कर्फ्यु लगाएको हो।
आन्दोलन वा हुल दंगा बढ्न सक्ने जोखिम देखिएकाले कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा उल्लेख छ। गोलबजार नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ।
सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिएको छ।
बिहीबार बिहानैदेखि जनकपुरमा पनि टायर बालेर प्रदर्शन भइरहेको छ । बजार पनि आंशिक रूपमा बन्द छ।
प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











